काठमाडौं । नेपाल प्रहरीले राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर पुनम चन्दलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ । केही समयअघि अस्ट्रेलिया गएकी प्रहरी जवान पुनम चैत १५ गतेदेखि गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पुनमसहित सात प्रहरी कर्मचारी आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र लामो समयसम्म सम्पर्कमा नआएको भन्दै सात दिनभित्र हाजिर हुन भनिएको हो ।
सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी सेवाबाट हटाउने प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ ।




















