उपाधी जोगाउने अर्जेन्टिनाको लक्ष्यमा मेस्सीको साथ

उपाधी जोगाउने अर्जेन्टिनाको लक्ष्यमा मेस्सीको साथ

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । लियोनल मेस्सीको कप्तानीमा सन् २०२६ को विश्वकप खेल्ने अर्जेन्टाइन टोली घोषणा भएको छ । प्रशिक्षक लियोनल स्कालोनीले बिहीबार २३ सदस्यीय खेलाडी सार्वजनिक गरेका हुन् । अर्जेन्टिना उपाधि रक्षाको लक्ष्यमा छ ।

मेस्सीकै कप्तानीमा अर्जेन्टिनाले सन् २०२२ को विश्वकप जितेको थियो । यससँगै मेस्सीले लगातार ६ वटा विश्वकप खेल्ने पक्का भएको छ । मेस्सीले सन् २००६ यताका विश्वकपमा सहभागिता जनाएका छन् । अर्जेन्टिनाले सन १९७८ र १९८६ मा विश्वकप जितेको थियो ।

यसपटकको विश्वकप जुन १२ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा हुँदै छ । समूह ‘जे’मा अर्जेन्टिना अल्जेरिया, अस्ट्रिया र जोर्डन छन् । अर्जेन्टिनाले जुन १६ मा अल्जेरियासँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ । टोलीले जुन २२ मा अस्ट्रिया र जुन २७ मा जोर्डनको सामना गर्नेछ ।

अर्जेन्टाइन टोली

गोलकिपर : इमिलियानो मार्टिनेज, जेरोनिमो रुली, जुवान मुसो

डिफेन्डर : निकोलस ओटामेन्डी, गोन्जालो मान्टिएल, क्रिस्टियन रोमेरो, नाहुल मोलिना, लिसान्ड्रो मार्टिनेज, लियान्द्रो बालेर्डी, फकुन्डो मेडिना, निकोलस टागलिफिको

मिडफिल्डर : रोड्रिगो डी पाउल, लियान्द्रो पारेडेस, एन्जो फर्नान्डेज, एक्सक्वेल पालासिओ, एलेक्स म्याक एलिस्टर, जियोभानी लो सेल्सो, भ्यालेन्टिन बार्को

फरवार्ड : लियोनल मेस्सी, जुलियन अल्भारेज, लाउटारो मार्टिनेज, निकोलस पाज, थियगो आल्मान्डा, निकोलस गोन्जालेज, जिउलियानो सिमियोन, जोसे म्यानुएल लोपेज

Skip This
Skip This
Logo