कुशल भुर्तेलको विस्फोटक व्याटिङ, नेपालले चीनलाई दियो ३१४ रनक लक्ष्य

कुशल भुर्तेलको विस्फोटक व्याटिङ, नेपालले चीनलाई दियो ३१४ रनक लक्ष्य

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । कुशल भुर्तेलको विस्फोटक व्याटिङ शतकको मद्दतले एसियाली खेलकुद छनोटअन्तर्गत जारी समूह चरणको पहिलो खेलमा नेपालले चीनलाई जितका लागि ३१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। टी-२० आईमा नेपालले बनाएको यो दोस्रो ठुलो विशाल लक्ष्य हो।

विस्फोटक ब्याटिङ गरेका ओपनर कुशल भुर्तेलले १ सय २९ रन बनाउँदै पेभेलियन फर्के। ४३ बलमा ५ चौका र १६ छक्का सहयोगमा १ सय २९ रन बनाएका कुशल डेङ जिंकीको बलमा क्याच आउट हुन पुगे। कुशलले ३५ बलमा ४ चौका र १२ छक्का सहयोगमा शतक पूरा गरेका थिए।

नेपालले यसअघि २०२३ मा हाङझाओमा भएको एसियाली खेलकुदमा मंगोलियाविरुद्ध निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा ३ सय १४ रन बनाएको थियो।

सिंगापुरको सिंगापुर नेसनल क्रिकेट स्टेडियममा चीनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सामु नेपाली राष्ट्रिय क्रिकेट टोलीले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा ३ सय १३ रनको योगफल तयार पारेको हो।

दोस्रो विकेटका लागि कुशल भुर्तेल र कुशल मल्लले १ सय ७५ रनको साझेदारी गरे। योसँगै भुर्तेल र मल्लले सन् २०१९ मा सिंगापुर टी-२० त्रिकोणात्मक सिरिजमा पारस खड्का र आरिफ शेखले दोस्रो विकेटका लागि गरेको साझेदारीको कीर्तिमान तोडेका छन्।

यसअघि २०२३ को हाङझाउमा भएको एसियाली खेलकुदमा रोहित पौडेल र कुशल मल्लले मंगोलियाविरुद्ध तेस्रो विकेटका लागि १ सय ९३ रनको साझेदारी गरेका थिए।

विस्फोटक ब्याटिङ गरेका ओपनर कुशल भुर्तेलले १ सय २९ रन बनाउँदै पेभेलियन फर्के। ४३ बलमा ५ चौका र १६ छक्का सहयोगमा १ सय २९ रन बनाएका कुशल डेङ जिंकीको बलमा क्याच आउट हुन पुगे। कुशलले ३५ बलमा ४ चौका र १२ छक्का सहयोगमा शतक पूरा गरेका थिए।

नेपालका लागि टी-२० आईमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको शीर्ष स्थानमा भुर्तेल उक्लेका छन्। भुर्तेलले ७७ खेलमा २ शतक सहयोगमा ९९ छक्का प्रहार गरेका छन्। यसअघि दीपेन्द्रसिंह ऐरीले टी २० आईमा ८९ छक्का प्रहार गरेका थिए।

रोहित पौडेल १९ बलमा ५ चौका र ६ छक्का सहयोगमा ६९ रनमा अविजित रहे। कुशल मल्लले ४७ बलमा ८ चौका र ५ छक्का प्रहार सहयोगमा ९५ रनमा अविजित रहे।

Skip This
Skip This
Logo