एलपीएलमा नेपालका सन्दीप, दीपेन्द्र र कुशल अनुबन्धित

एलपीएलमा नेपालका सन्दीप, दीपेन्द्र र कुशल अनुबन्धित

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । लंका प्रिमियर लिग (एलपीएल) मा नेपालका तीन क्रिकेट खेलाडीहरू अनुबन्धित भएका छन्। एलपीएलमा क्रिकेटरहरू सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल अनुबन्धित भएका हुन्।

सोमबार सन्दीप र दीपेन्द्रलाई जाफ्ना किंग्सले अनुबन्ध गरेको एलपीएलले जनाएको छ। कुशल भने कोलम्बो क्याप्समा खेल्ने भएका छन्। सन्दीपले २० हजार अमेरिकी डलर पाउँदा दीपेन्द्र र कुशलले समान १५/१५ हजार डलर पाउने छन्। एलपीएलमा पाँचवटा टिम छन्। छैटौँ सिजनका लागि श्रीलंकाका १७९ र अन्य देशबाट २४२ खेलाडी ड्राफ्टमा परेका थिए। खेलाडी दर्ता मे ८ देखि २० सम्म गरिएको थियो।

पाँचवटै टिमले सम्पूर्ण खेलाडी ड्राफ्टबाटै लिएका हुन्, रिटेन गर्ने विकल्प थिएन। प्रत्येक टोलीमा १८ सदस्यीय राख्नुपर्नेछ। त्यसमा स्थानीय दुई खेलाडी थप्ने प्रावधान छ। प्लेइङ ११ मा चार विदेशी खेलाडी राख्न सकिनेछ। एलपीएल १७ जुलाईबाट ८ अगस्टसम्म सञ्चालन हुनेछ।

उद्घाटन खेलमा सन्दीप र दीपेन्द्रको टोली जाफ्नाले ग्यालेसँग भिड्नेछ। जाफ्ना साविक विजेता र ग्याले उपविजेता हो।

Skip This
Skip This
Logo