मैदानमै ढले फुटबलर एरिक्सन

मैदानमै ढले फुटबलर एरिक्सन

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । डेनमार्क र युक्रेनबीच आइतबार भएको मैत्रीफूर्ण खेलका क्रममा त्रिस्टियन एरिक्सन फेरि मैदानमै ढलेका छन् । युरोपेली च्याम्पियनसिपमा पाँच वर्ष अगाडि ‘कार्डियाक एरेस्ट’ बेहोरेयता उनी अहिले मैदानमै ढलेका हुन् ।

डेनिस फुटबल संघले खेलपछि सामाजिक संजालमा लेखेको छ, ‘एरिक्सनलाई अहिले होस आएको छ र उनको स्वास्थ्य स्थिति ठीक छ ।’ सन् २०२१ को युरोमा उनी फिनल्यान्डविरुद्धको समूह चरणको खेलमा मैदानमै ढलेका थिए ।

त्यसपछि उनी छ महिना सक्रिय फुटबलबाट टाढा रहे र पछि ३४ वर्षीय एरिक्सनले ‘पेसमेकर’ राखेर खेल्ने क्रम जारी राखे । अहिले पनि खेलको ६४ औं मिनेटमा उनी मैदानमा ढलेका हुन् र त्यति बेला डेनमार्क २–१ ले अगाडि रहेको थियो ।

चिकित्सकीय टोलीले मैदानमै उनको तुरुन्तै उपचार सुरु गरेका थिए र रेफ्रीले पछि खेल नै स्थगित गरे । डेनमार्क टिमका चिकित्सक मोर्टेन बोसेनले यसपल्ट एरिक्सन केही समय मैदानमै बेहोस भएको र आफै हिंडेर मैदान छाडेको बताए ।

Logo