न्युयोर्क । सन् १९९४ मा अमेरिकाले पहिलो पटक फुटबलको विश्वकप आयोजना गरेको थियो । अहिले दोहोर्याएर २०२६ मा अमेरिकामै विश्वकप हुँदै छ । यसपल्ट क्यानडा र मेक्सिको विश्वकपको सह–आयोजकको रूपमा रहेका छन् । यही ११ जुनबाट प्रतियोगिता सुरु भएर १९ जुलाईमा सकिनेछ । यी दुई विश्वकपमा केही फरक छन् ।
सन १९९४ मा पहिलो चरणका खेलको टिकट मूल्य २५ देखि ७५ डलर रहेको छ । उद्घाटन खेलको टिकट मूल्य भने ४० देखि १ सय २० डलर रहेको थियो । त्यस विश्वकपको फाइनल क्यालिफोर्नियाको रोजबलमा भएको थियो । त्यसको टिकट मूल्य थियो, १ सय ८० देखि ४ सय ७५ डलर थियो । सन २०२६ मा व्यक्तिगत टिकट बिक्री गर्दा त्यसको मूल्य १ सय ४० देखि २ हजार ७ सय ३५ डलर तोकिएको थियो । यो सबै पहिलो चरणको खेलका लागि हो । फाइनलका लागि भने टिकटको मूल्य ४ हजार १ सय ८५ देखि ८ हजार ६ सय ८० डलर रहेको थियो । यसपल्टको टिकट मूल्यको निर्धारण गर्दा माग र आपूर्तिमा आधारित हुनेछ । अप्रिल पुग्दा फाइनल खेलको अधिकत्तम मूल्य १० हजार ९ सय ९० डलर राखिएको छ ।
सन १९९४ मा यो विश्वकपको त्यस्तो अन्तिम संस्करण रहेको थियो, जसमा २४ टिम सहभागी रहेका थिए । १९९८ पछि मात्रै सहभागीको संख्या ३२ पुर्याइएको थियो । सन २०२६ मा विश्वकपमा सहभागीको संख्या ४८ पुर्याइएको छ । त्यसको अर्थ विश्वकप इतिहासमै पहिलो पटक अन्तिम १६ को चरण सुरु हुनेछ । यस्तोमा अब फाइनल पुग्ने टिमले ८ खेल खेल्नेछ, यसअघि यो सख्या ७ थियो ।
सन १९९४ मा त्यतिबेला फिफाले तोकेको मैदानको आकार थियो, ६८ बाई १०५ मिटर । यो भनेको ७४ बाई ११५ यार्ड हो । सन २०२६ मा रंगशालाको आकार त्यस्तो हुनुपर्छ, जसलाई सर्वमान्य मापदण्ड मान्न सकिनेछ ।
सन १९९४ मा त्यस विश्वकपले कीर्तिमान ३५ लाख ९० हजार दर्शकलाई आकर्षित गरेको थियो । त्यतिबेला ५२ खेलमा औसत ६८ हजार ९ सय ९१ दर्शक रंगशालामै पुगेर खेल हेरेका थिए । यसपल्ट १९९४ को तुलनामा दर्शक दोब्बर हुनेछ, सम्भवतः ६० लाखदेखि ७० लाख अनुमान छ ।
सन १९९४ मा अमेरिकामा भएको पहिलो विश्वकपमा प्रयोग भएका रंगशालाको संख्या ९ वटा थियो । त्यसको उद्घाटन खेल सिकागोमा भएको थियो । यसपल्ट १६ रंगशाला प्रयोगमा आउने छन् । त्यसमध्ये ११ रंगशाला अमेरिकामा रहेका छन् । मेक्सिकोका तीन र क्यानडाका दुई रंगशाला प्रयोगमा आउनेछन् ।
सन १९९४ मा जत्तिकै गर्मी र उच्च आद्रताको स्थिति रहे पनि खेल निरन्तर जारी रहने गरेको थियो । यसपल्ट मौसम गर्मीकै हुनेछ । आद्रता पनि उच्च रहनेछ । त्यसैले प्रत्येक हाफमा तीन मिनेटको विश्राम हुनेछ । टिमले यसलाई रणनीतिक परिवर्तनका लागि पनि प्रयोग गर्न सक्छन् ।
सन १९९४ मा त्यस विश्वकपमा दुई जना मात्र खेलाडी सब्स्टिच्युसन गर्न पाइन्थ्यो । सन् १९९० मा यो नियम पहिलो पटक लागू भएको थियो । गोलरक्षक घाइते भएमा तेस्रो खेलाडी पनि सब्स्टिच्युसन गर्न सकिन्थ्यो । यो नियम गोलरक्षकले रातो कार्ड खाएमा लागू भएको थियो । १९९८ आएपछि मात्र तीन खेलाडीको सब्स्टिच्युसन नियम लागूमा आएको थियो । २०१८ मा खेल अतिरिक्त समयमा गएमा चौथो खेलाडीको सब्स्टिच्युसनको नियम पनि आएको थियो ।
यसपल्ट एउटै खेलमा पाँच खेलाडी सब्स्टिच्युसन गर्न पाइनेछ । अतिरिक्त समयमा छैटौं खेलाडीको सब्स्टिच्युसन पनि गर्न सकिने भएको थियो । यस्तै मस्तिष्कघात भएको स्थितिमा एक अर्को खेलाडी पनि सब्स्टिच्युसन गर्न सकिनेछ । स्रोतः एपी





























प्रतिक्रिया