काठमाडौं । विश्वकप २०२६ को समूह चरणको खेलमा सहआयोजक अमेरिकाले विजयी सुरुवात गर्ने संकेत देखाएको छ । समूह ‘डी’ मा रहेका अमेरिकाले पाराग्वेमाथि पहिलो हाफमा ३ गोलको अग्रता बनाएको छ ।
अमेरिकाले पाराग्वेविरुद्ध खेलमा सातौं मिनेटमा अग्रता लिएको थियो । यो गोल भने आत्मघाती रह्यो । अमेरिकाले रचेको आक्रमणमा पाराग्वे दबाबमा आएको थियो र यसैक्रममा डामिन बोबाडिलाले आफ्नै पोस्टमा गोल गरे ।
खेलको ३१ औं र ४५ औं मिनेटमा फ्लोरिन बागोगनले अमेरिकाको लागि गोल गरेर अग्रता फराकिलो बनाएका छन् ।





























प्रतिक्रिया