फ्रान्सको प्लेमेकर डेम्बेले

फ्रान्सको प्लेमेकर डेम्बेले

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । फ्रान्सका ओसमन डेम्बेले हाल खेलिरहेका खेलाडीमा विश्वको उत्कृष्ट खेलाडीमा पर्छन्। उनले लगातार दुई सिजन पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई युरोपेली च्याम्पियन्स लिगको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

फ्रान्सबाट उनले २०१८ मा विश्वकपको उपाधि जितेका थिए, तर उनलाई क्रोएसियासँग फाइनलमा खेलाइएको थिएन। गत वर्ष उनलाई विश्वको उत्कृष्ट खेलाडीका लागि बालन डो’रको उपाधि दिइएको थियो। विश्वकप र च्याम्पियन्स लिग जित्नुका साथै बालोन डी’अरको उपाधि पाउने १० खेलाडीमा उनी एक हुन्।

उनले २०२२ को पनि विश्वकप फाइनल खेले। अर्जेन्टिनासँगको फाइनलमा उनकै फाउलका कारण अर्जेन्टिनाले पेनाल्टी पायो। त्यसपछि उनलाई ४१ औं मिनेटमा परिवर्तन गरिएको थियो। २९ वर्षे उनी विंग्स र फरवार्ड दुवै पोजिसनमा उस्तै गतिमा खेल्न सक्छन्।

उनले २०१६ बाटै फ्रान्सको राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका थिए। तर चोटका कारण उनी लामो समय पीडित हुन पुगे। १० वर्षदेखि राष्ट्रिय टोलीबाट खेल्नेक्रममा उनले ५९ खेलमा ७ गोल गरेका छन्। फ्रान्सेली टोली रेन्सबाट आफ्नो खेल यात्रा थालेका डेम्बेलेले बोरुसिया डर्टमन्ड, बार्सिलोना हुँदै २०२३ मा पेरिस पुगेका थिए।

Logo