फिफा विश्वकप २०२६ : कोरियालाई पराजित गर्दै सहआयोजक मेक्सिको नकआउट चरण

फिफा विश्वकप २०२६ : कोरियालाई पराजित गर्दै सहआयोजक मेक्सिको नकआउट चरण

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । सहआयोजक मेक्सिकोले शुक्रबार फिफा विश्वकप २०२६ को नकआउट चरण यात्रा निश्चित गरेको छ । सह–आयोजक टिम नकआउट चरण पुग्ने पहिलो टिम पनि भएको छ । समूह ‘ए’ को खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गरेपछि मेक्सिको शीर्ष दुईमा रहने निश्चित भएको हो ।

यो जितले मेक्सिकोको दुई खेलबाट छ अंक भएको छ । पराजित दक्षिण कोरिया भने तीन अंकमा दोस्रो स्थानमा छ । हारका बावजुत दक्षिण कोरियाको अर्को चरण पुग्ने सम्भावना जीवन्त रहेको छ । चेक गणतन्त्र र दक्षिण अफ्रिका भने एक एक अंकमा पुछारका दुई स्थानमा छन् ।

लिग चरणको अन्तिम खेलमा मेक्सिकोले चेक गणतन्त्र र दक्षिण कोरियाले दक्षिण अफ्रिकाको सामना गर्नेछ । पहिलो हाफको गोलरहित बराबरीपछि स्टाडियो ग्वाडालाजारामा भएको खेलमा मेक्सिकोको लागि लुइस रोमोले ५० औं मिनेटमा निर्णायक गोल गरे ।

दक्षिण कोरियाली किम सेङ–ग्युको भुलमा सम्भव ख्लका एक मात्र गोल सम्भव भएको हो । उनले फुत्काएको बललाई रोमो सजिलै पोस्टको दिशा दिए । यसअघिको खेलमा चेक गणतन्त्र र दक्षिण अफ्रिकाले बराबरी खेलेका थिए ।

Logo