फिफा लगायो नेपाललाई प्रतिबन्ध

फिफा लगायो नेपाललाई प्रतिबन्ध

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले बिहीबार नेपालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । नेपाली फुटबल इतिहासमा फिफाले प्रतिबन्ध लगाएको यो नै पहिलो पटक हो । यसले नेपाली फुटबल अनिश्चिता र अन्यौलतातर्फ गएको छ ।

फिफाले आफ्नो वेब साइटमा उल्लेख गरे अनुसार उसको ब्युरो अफ द काउन्सिलले नेपाललाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो । तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर फिफाले नेपाललाई प्रतिबन्ध लगाएको हो ।

यसअघि राष्ट्रिय खेलकुद परिषदले पनि अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तीन महिनाका लागि निलम्बन गरेको थियो, जुन फुकुवा भइसकेको छ । परिषदले एन्फाको प्रस्तावित चुनावलाई मान्यता नदिएपछि त्यो स्थगित भएको थियो । पंकज नेम्वाङ नेतृत्वको अहिलेको कार्यसमितिको समयावधि पनि समाप्त भइसकेको छ ।

Logo