नकआउट चरणमा ब्राजिल र जापान भिड्दै

नकआउट चरणमा ब्राजिल र जापान भिड्दै

केन्द्रबिन्दु
48
Shares

काठमाडौं। फिफा विश्वकपको नकआउट चरणमा ब्राजिल र जापान भिड्ने भएका छन्। भर्खरै सम्पन्न खेलमा स्विडेनसँग १–१ गोलको बराबरी खेल्दै जापान समूह एफको उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गर्यो।

योसँगै जापानको राउन्ड अफ ३२ मा ब्राजिलसँग भिडन्त हुने पक्का भएको हो। ब्राजिल समूह सी को विजेता बनेर नकआउट चरणमा प्रवेश गरिसकेको छ। ब्राजिल र जापानबीचको खेल सोमबार (२९ जुन) राति १०:४५ बजे सुरु हुनेछ।

नकआउट चरणमा नेदरल्यान्ड्सले मोरक्कोको सामना गर्ने भएको छ । केहीबेरअघि सम्पन्न खेलमा ट्युनिसियालाई ३-१ गोलअन्तरले हराएको नेदरल्यान्ड्स समूह एफको विजेता बनेर राउन्ड अफ ३२ मा स्थान बनायो । योसँगै नेदरल्यान्ड्सको राउन्ड अफ ३२ मा मोरक्कोसँग भिडन्त हुने पक्का भएको छ . नेदरल्यान्ड्स र मोरक्कोबीचको खेल मंगलबार (३० जुन) बिहान ६:४५ बजे सुरु हुनेछ ।

Logo