ब्राजिलको भरोसा भिनिसियस जुनियर

ब्राजिलको भरोसा भिनिसियस जुनियर

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । भिनिसियस जुनियर ब्राजिलका यस्ता पाँच खेलाडी हुन्, जसले विश्वकप फुटबलको समूह चरणको सबै ३ खेलमा गोल गरेका छन्। यसपालि विश्वकपको समूह चरणका तीन खेलमै गोल गर्दै भिनिसियसले जर्जिन्हो, रोमारियो, रोनाल्डो, रिभाल्डोसँगै आफ्नो नाम लेखाएका छन्।

भिनिसियसले यस विश्वकपमा मोरक्को र हाइटीविरुद्धको पहिलो दुई खेलमा १–१ तथा स्कटल्यान्डविरुद्ध २ गोल गरेका थिए। विश्वकपको ठीकअघि भने उनलाई लिएर धेरै अन्योल थियो। विशेष गरी स्पेनिस टोली रियल म्याड्रिडबाट खेल्दा उनले जुन उत्कृष्ट प्रदर्शन दिँदै आएका छन्, त्यो ब्राजिलबाट खेल्दा धेरै मिलेको थिएन।

प्रशिक्षक कार्लो एन्सेलोट्टीले उनीमाथि पूर्ण विश्वास देखाएका थिए, जसका कारण २५ वर्षे उनी प्रतियोगितामा निरन्तर गोल गर्न सकिरहेका छन्। रियलबाट खेल्दा उनले २ सय ४२ खेलमा ७७ गोल गरेका छन्, जबकि विश्वकपअघि उनले ब्राजिलबाट खेल्दा ४९ खेलमा ९ गोलमात्र गर्न सकेका छन्। लेफ्ट विंग्स र फरवार्डको भूमिकामा खेल्ने उनी ब्राजिल टोलीका मुख्य आधार हुन्। भिनिसियस तीव्र गति, टेक्निक र ड्रिब्लिङका कारण विश्वको उत्कृष्ट खेलाडी सूचीमा रहेका छन्। भिनिसियसले २०२२ को विश्वकपमा पनि दक्षिण कोरियाविरुद्ध गोल गरेका थिए।

Logo