एसिस मात्र है गोल ठोक्छन् अर्जेन्टिना मिडफिल्डर एलेक्सिस म्याकएलिस्टर

एसिस मात्र है गोल ठोक्छन् अर्जेन्टिना मिडफिल्डर एलेक्सिस म्याकएलिस्टर

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । सन २०२२ को विश्वकप सुरु हुनु एक महिनाअघिसम्म एलेक्सिस म्याकएलिस्टर नाम विरलै सुनिएको थियो, जबकि उनले २०१९ मै अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरिसकेका थिए। तर ब्राइटनबाट प्रिमियर लिगमा नियमित खेलिरहेका कारण म्याकएलिस्टरलाई समेट्दै अर्जेन्टिनाले २०२२ को विश्वकप खेल्ने टोली घोषणा गरेको थियो।

उनी त्यतिमै सीमित रहेनन्। उनी त्यतिमै सीमित रहेनन्, उनले प्रतियोगितामा ६ खेल खेले। समूह चरणमा पोल्यान्डविरुद्ध गोल गरेका उनले फाइनलमा फ्रान्सविरुद्ध एन्जल डी मारियालाई पास उपलब्ध गराउँदै अर्जेन्टिनालाई १९८६ पछि पहिलो पटक च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेले।

उनले अर्जेन्टिनाबाट ५२ खेल खेल्दै ७ गोल गरिसकेका छन्। मिडफिल्डको जुन पोजिसनमा खेल्न २७ वर्षे म्याकएलिस्टरले यस विश्वकपमा पनि अर्जेन्टिनाबाट सबै ६ खेल खेलेका छन्। मिनेटको हिसाबमा उनी र गोलरक्षक इमिलियानो मार्टिनेजले सबैभन्दा बढी ५ सय ३९ मिनेट खेलेका छन्।

उनको प्रदर्शन निकै उच्च छ। २०२३ यता लिभरपुलबाट खेल्दै आएका उनले स्विट्जरल्यान्डविरुद्ध हेडमा गोल पनि गरेका थिए। म्याक एलिस्टरको बायोमा विश्वकप, कोपा अमेरिका र प्रिमियर लिगको उपाधि छ, त्यो भन्दा पनि महत्त्वपूर्ण उनले विश्वकपमा खेलेका सबै १२ खेलमा अर्जेन्टिनाले विजय हात पारेको छ।

Logo