काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले कमजोर सुरुवात गरेको छ। टस हारेर ब्याटिङको मौका पाएको नेपालले पहिलो ओभरमै विकेट गुमायो।
नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई २ रनमै गुमाएको हो। उनी जेजे स्मितको दोस्रो बलमै बोल्ड भए।
आज पनि नेपालको ओपनिङमा आसिफ शेख र कुशल भुर्तेललाई प्रयोग गरिएको थियो। तर, हालै जर्सीविरुद्ध शतकीय पारी खेलेका कुशलले आज भने उक्त लय कायम राख्न सकेनन्।































