काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजअन्तर्गत नामिबियाविरुद्ध नेपालले सातौं विकेट गुमाएको छ। नेपालले सातौं विकेटको रूपमा सोमपाल कामीलाई गुमाएको हो।
उनले आज ३० बलमा एक चौकासहित १५ रन जोडे। टस हारेर ब्याटिङको मौका पाएको नेपालले ४२ ओभरमा महत्वपूर्ण ७ विकेट गुमाएर १३२ रन जोडेको छ।
नेपालले छैटौँ विकेटको रूपमा कप्तान रोहितकुमार पौडेललाई गुमायो। उनले आज ६० बलमा ३१ रन मात्र जोडे।
३०औँ ओभरमा नेपालले उपकप्तान दीपेन्द्र सिंह ऐरी (३०) र आसिफ शेख (शून्य) लाई गुमाएको हो। उनीहरू दुवैलाई बर्नार्ड शोल्ट्जले आउट गरे।
नेपालले तेस्रो विकेटको रूपमा ओपनर आसिफ शेखलाई गुमायो। उनले आज ४१ बलमा एक चौकासहित १६ रन मात्र जोड्न सके।
यस्तै, ईशान पाण्डेले ३१ बलमा ८ रन तथा कुशल भुर्तेलले २ बलमा २ रन मात्र बनाए।































