नामिबियाविरुद्ध नेपाल संकटमा, गुलशन पनि सस्तैमा आउट

नामिबियाविरुद्ध नेपाल संकटमा, गुलशन पनि सस्तैमा आउट

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजअन्तर्गत नामिबियाविरुद्ध सस्तैमा अलआउट हुने सम्भावना बढेको छ। नेपालले ४४ ओभरमा १४० रन जोड्दा ८ विकेट गुमाइसकेको छ।

नेपालले आठौँ विकेटको रूपमा गुलशन झालाई गुमायो। उनले आज ३८ बलमा एक चौका र एक छक्कासहित २० रन मात्र बनाए।

नेपालले सातौं विकेटको रूपमा सोमपाल कामीलाई गुमायो। उनले आज ३० बलमा एक चौकासहित १५ रन जोडे। नेपालले छैटौँ विकेटको रूपमा कप्तान रोहितकुमार पौडेललाई गुमायो। उनले आज ६० बलमा ३१ रन मात्र जोडे।

३०औँ ओभरमा नेपालले उपकप्तान दीपेन्द्र सिंह ऐरी (३०) र आसिफ शेख (शून्य) लाई गुमाएको हो। उनीहरू दुवैलाई बर्नार्ड शोल्ट्जले आउट ग

नेपालले तेस्रो विकेटको रूपमा ओपनर आसिफ शेखलाई गुमायो। उनले आज ४१ बलमा एक चौकासहित १६ रन मात्र जोड्न सके।

यस्तै, ईशान पाण्डेले ३१ बलमा ८ रन तथा कुशल भुर्तेलले २ बलमा २ रन मात्र बनाए।

Logo