आज पनि नेपालको कमजोर सुरुवात, आसिफ-कुशल सस्तैमा आउट

आज पनि नेपालको कमजोर सुरुवात, आसिफ-कुशल सस्तैमा आउट

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा पनि नेपालले अपेक्षाकृत सुरुवात गर्न सकेको छैन।

नेपालले आज दुवै ओपनरलाई सस्तैमा गुमायो। आज आसिफ शेखले १४ तथा कुशल भुर्तेलले ९ रन मात्र जोडे। उनीहरू दुवै छैटौँ र सातौं ओभरमा आउट भए।

नेपालले आज पनि टस हारेर पहिला ब्याटिङ गरिरहेको हो। पहिलो खेल ८ विकेटले गुमाएको नेपाली टोली नेदरल्याण्ड्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै सिरिजमा पहिलो जित निकाल्ने योजनामा छ।

यद्यपि आज पनि नेपालको सुरुवात खराब रहेको छ।

Logo