नेपाल इक्वेस्ट्रियन (घोड चढी) संघको शनिबार सम्पन्न दोश्रो साधारणसभाले रवि राजकर्णिकारको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । नेपाल एथलेटिक्स संघका पूर्व अध्यक्ष राजकर्णिकार अघिल्लो कार्यसमितिमा उपाध्यक्ष थिए ।
साधारणसभाले अघिल्लो कार्यसमितिका अध्यक्ष राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव एवं करातेका संस्थापक युवराज लामालाई मानार्थ अध्यक्षमा चयन गरेको छ ।
साधारण सभाले भिक्टर राणालाई बरिष्ठ उपाध्यक्ष, बलराम श्रेष्ठलाई महासचिव, ज्ञानेन्द्र श्रेष्ठलाई सचिव, रमेश मल्ललाई कोषाध्यक्ष र मोहम्मद फाजिललाई सह–कोषाध्यक्षको जिम्मेवारी सुम्पिएको छ । सन्तोष बुढाथोकी, लोकजंग लामा, महेश श्रेष्ठ, दिवस गुरागाईं, प्रेम मोक्तान, दावा तामाङ लगायतका ब्यक्ति सदस्यमा चयन भए । साधारणसभाको राखेपका सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । उनले नेपाल र अन्तर्राष्ट्रमा महत्व राख्ने घोडचढी खेलको विकासकालागी राखेपले सवैखाले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
स्रोत – राखेप
































प्रतिक्रिया