बैङलोरले दिल्लीलाई दियो १५३ रनको लक्ष्य

बैङलोरले दिल्लीलाई दियो १५३ रनको लक्ष्य

केन्द्रबिन्दु
0
Shares

दुबइमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी ५५ औं खेलमा रोयल च्यालेन्जर्स बैङलोरले दिल्ली क्यापिटल्सलाई १५३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अबु धाबीस्थित शेख जायेद स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको बैङलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५२ रन बनाएको हो ।

बैङलोरका लागि देबदत्त पाडिकलले सर्वाधिक ५० रन बनाउँदा एबि डिभिलियर्सले ३५ रन बनाए।

त्यस्तै कप्तान बिराट कोहली २९ रन बनाउँदा शिवन दुबे १७ र जोस फिलिपे १२ रनमा आउट भए ।

आजको खेलमा जित निकाल्ने टिम प्लेअफका लागि क्वालिफाइ हुने भएकाले दुबै टिम जित निकाल्ने लक्ष्यमा रहेका छन् ।

Skip This
Skip This
Logo