आर्सनलद्वारा म्यानचेस्टर युनाइटेड पराजित

आर्सनलद्वारा म्यानचेस्टर युनाइटेड पराजित

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । आर्सनलले युनाइटेडलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो ।

आर्सनलको जितमा कप्तान पिएर इमिरिक औवामियाङले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो ।

पहिला हाफ बराबरीमा सकिएकाे खेलकाे दोस्राे हाफकाे  ६९औं मिनेटमा आर्सनलले पेनाल्टीमार्फत अग्रता लिन सफल भयो । पल पोग्वाले पेनाल्टी बक्समा हेक्छर बेरेललिनलाई लडाएपछि रेफ्रीले आर्सनललाई सिधै पेनाल्टी दिएको थियो ।

जितसँगै आर्सनल ७ खेलबाट १२ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित युनाइटेड ६ खेलबाट ७ अंक जोडेर १५ औं स्थानमा  छ ।

Logo