हैदराबादलाई १२१ रनको लक्ष्य

हैदराबादलाई १२१ रनको लक्ष्य

केन्द्रबिन्दु
0
Shares

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत जारी ५२ औं खेलमा रोयल च्यालेन्जर्स बैङलोरले सनराइजर्स हैदराबादलाई १२१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

शारजाह क्रिकेट स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको बैङलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२० रन बनाएको हो।

बैङलोरका लागि जोस फिलिपेले सर्वाधिक ३२ रन बनाउँदा एबि डि भिलियर्सले २४ रन बनाए। त्यस्तै वासिङ्टन सुन्दरले १४ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

बैङलोरलाई सस्तैमा समेटन हैदराबादका सन्दीप शर्माले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । जेसन होल्डरले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । टि नटराजन, राशिद खान र शहबाज नदीमले एक एक विकेट लिए ।

Logo