नेपालको घरेलु मैदानमा ताजिकिस्तान सहजै विजयी

नेपालको घरेलु मैदानमा ताजिकिस्तान सहजै विजयी

केन्द्रबिन्दु
0
Shares

 केन्द्रबिन्द डेस्क । काठमाडौं, २० भदौ ।

नेपाल एएफसी एसियन कप फुटबल प्रतियोगिता २०१९ को छनोट चरण खेलमा ताजिकिस्तानविरुद्धको पराजित भएको छ । ललितपुर सातदोबाटोस्थित एन्फा कम्पलेक्स मैदानमा मंगलबार भएको खेलमा नेपाल १ का विरुद्ध २ गोलले पराजित भएको हो।

पहिलो हाफमा नै ०–२ ले पछि परेको नेपालका लागि ६१औं मिनेटमा विमल घर्तीमगरले गोल गरेका थिए ।

खेलको २५औं मिनेटमा नै ताजिकिस्तानले अग्रता लिएको थियो। जालिलोभ मानुचेरले हेडमार्फत उत्तः गोल गरेका थिए । त्यसको ५ मिनेटपछि नै भासिव दिल्सोभले अर्को गोल थपे ।

पराजयसँगै प्रतियोगितामा छनोट हुने नेपालको सम्भावना निकै कमजोर बनेको छ। छनोटको तेस्रो चरणमा नेपालसहित २४ टिम छन्। सहभागी टिमलाई ६ समूहमा बाँडिएको छ। समूह एफमा रहेको नेपाल १ अंक जोड्दै अंकतालिकाको पुछारमा छ। पहिलोमा फिलिपिन्स, दोस्रोमा यमन र तेस्रोमा ताजिकिस्तान छन्।

नेपालले समूहको अर्को खेलमा आगामी अक्टोबर १० मा ताजिकिस्तान भ्रमण गर्नेछ । नेपालले नोभेम्बर १४ मा फिलिपिन्ससँग काठमाडौंमा र २७ मार्च २०१८ मा यमनसँग उसकै मैदानमा खेल्नेछ ।

एसियन कप छनौटको यसअघिका दुई खेलमा जितविहीन रहेको नेपाल पहिलो खेलमा फिलिपिन्ससँग मनिलामा पराजय ब्यहोरेको थियो भने काठमाडौंमै भएको दोस्रो खेलमा ओमानसँग गोलरहित बराबरी खेलेको थियो ।

Logo