धोनीको अर्को विश्व कीर्तिमान : स्टम्पिङको शतक

धोनीको अर्को विश्व कीर्तिमान : स्टम्पिङको शतक

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १८ भदौ ।

भारतीय क्रिकेट टिमका पूर्वकप्तान तथा विकेटकिपर–ब्याट्सम्यान महेन्द्रसिंह धोनीले श्रीलंकाविरुद्ध जारी शृंखलाको पाँचौं तथा अन्तिम एक दिवसीय क्रिकेट म्याचमा आइतबार नयाँ कीर्तिमान बनाएका छन् ।

धोनीले विकेटकिपरका रूपमा सबैभन्दा बढी स्मम्पिङ गर्ने विकेटकिपरको कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् । उनले आइतबारको म्याचमा श्रीलंकाली ब्याट्सम्यान अकिला धनन्जयलाई स्टम्प गरेलगत्तै एकदिवसीय क्रिकेटमा १०० वटा स्टम्पिङ गर्ने उनी विश्वकै पहिलो खेलाडी बन्न पुगेका हुन् ।

यससँगै धोनीले पूर्व श्रीलंकन विकेटकिपर कुमार संगाकाराको एकदिवसीय क्रिकेटमा सर्वाधिक स्टम्पिङ (९९) गर्ने बराबरीको अवस्थालाई पछाडि छोडेका हुन् ।

सर्वाधिक स्टम्पिङ गर्ने पाँच खेलाडी–
१. महेन्द्र सिंह धोनी (भारत) – १००
२. कुमार संगाकारा (श्रीलंका) – ९९
३. रोमेश कालुविथर्ना (श्रीलंका) – ७५
४. मोइन खान (पाकिस्तान) – ७३
५. एडम गिलक्रिस्ट (अस्टे«लिया) – ५५
(एजेन्सीको सहयोगमा)

Logo