पल्सर स्पोर्ट्स अवार्डका चार विधाका उत्कृष्टहरुको मनोनयन सार्वजनिक

पल्सर स्पोर्ट्स अवार्डका चार विधाका उत्कृष्टहरुको मनोनयन सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १८ भदौ ।

पल्सर स्पोर्ट्स अवार्ड–२०७४ का लागि विभिन्न ४ विधाका उत्कृष्ट खेलाडीहरुको मनोनयन सार्वजनिक भएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार राजधानीमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक चार विधाको मनोनयन सार्वजनिक गरेको हो।

मनोनयनमा फुटबलबाट सबैभन्दा धेरै खेलाडी र प्रशिक्षक छन्। फुटबलबाट तीन खेलाडी र दुई प्रशिक्षक मनोनयमा छन्। त्यसपछि एथ्लेटिक्सबाट ४ जना मनोनयनमा छन्। एथ्लेटिक्स तीन खेलाडी र एक प्रशिक्षक मनोनयनमा छन्। क्रिकेट र ब्याड्मिन्टनबाट समान ३ जना मनोनयनमा छन्।

तीन वटै खेलबाट २ खेलाडी र १ प्रशिक्षक मनोनयनमा परेका छन्।

यस्तै भलिबलबाट २ तथा जुडो, आर्चरी र भारोत्तोलनबाट १–१ जना मनोनयनमा छन्।

महिला वर्ष खेलाडीको मनोनयमा परेकी कान्छीमाया कोजु र वर्ष खेलाडी युवामा मनोनयनमा परेका दीपेन्द्र सिंह ऐरी दुवै खेलाडी पिपुल्स च्वाइस अवार्डको मनोनयनमा समेत परेका छन्।

एनएसजेएफले यसअघि नै भोटिङमा आधारित रहने पिपुल्स च्वाइस अवार्डको लागि ५ खेलाडीको नाम सार्वजनिक गरिसकेको छ।

एनएसजेएफका सचिव राजु घिसिङको संयोजकत्वमा रहेको सात सदस्यीय छनोट समितीले विभिन्न विधाका मनोनयनमा परेका खेलाडीको छनोट गरेका हुन्।

यही भदौ २६ गते हुने १४औँ संस्करणको अवार्ड समारोहमा वर्षका उत्कृष्ट ४ र पिपुल्स च्वाइस अवार्डसँगै लाइफटाइम अचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड र पारा एथलिट अवार्ड प्रदान गरिनेछ।

यी पाँच विधाबाहेक लाइभ टाइम अचिभमेन्ट अवार्ड, पारा एथलिट अवार्ड र स्पेसल अवार्ड भने अवार्ड समोरोहकै दिन घोषणा गरिनेछ।

 

उत्कृष्ट खेलाडीको मनोनयनमा परेका खेलाडीहरुको सूची

 उत्कृष्ट खेलाडी पुरुष

किरण कुमार लिम्बु, फुटबल

रत्नजित तामाङ, ब्याड्मिन्टन

शरद भेषवाकर, क्रिकेट

सोम बहादुर कुमाल, एथलेक्सि

मान बहादुर श्रेष्ठ, भलिबल

 

उत्कृष्ट खेलाडी महिला

कान्छीमाया कोजु, एथलेटिक्स

ज्ञानु अवाले, आर्चरी

नङ्सला तामाङ, ब्याडिमन्टन

सावित्रा भण्डारी, फुटबल

सरस्वती भट्टराई, एथलेटिक्स

 

उत्कृष्ट खेलाडी युवा

दीपेन्द्र सिंह ऐरी, क्रिकेट

अनन्त तामाङ, फुटबल

मनिता श्रेष्ठ प्रधान, जुडो

कमला श्रेष्ठ, भारोत्तोलन

प्रतिभा माली, भलिबल

 

उत्कृष्ट प्रशिक्षक

योतुकु कोजी, फुटबल

पुष्पराज ओझा, एथलेटिक्स

मेघराज केसी, फुटबल

जगत टमाटा, क्रिकेट

किरण थापा, ब्याडमिन्टन

Logo