ताजिकिस्तानविरुद्ध खेल्ने नेपाली खेलाडी छनौट, अनिल गुरुङ परेनन् (हेर्नुहोस सूची)

ताजिकिस्तानविरुद्ध खेल्ने नेपाली खेलाडी छनौट, अनिल गुरुङ परेनन् (हेर्नुहोस सूची)

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १७ भदौ । नेपाली राष्ट्रिय फुटबल टोलीका मूख्य प्रशिक्षक ग्योतोकु कोजीले एएफसी एसियन कप छनोटअन्तर्गत ताजिकिस्तानविरुद्ध हुने खेलको लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका छन् । ताजिकिस्तानबिरुद्ध मंगलबार हुने खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तिम नामावली सार्वजनिक भएको हो ।

टिममा राष्ट्रिय टोलीका नियमित कप्तान अनिल गुरुङ भने परेका छैनन् । उनको स्थानमा नयाँ खेलाडी जर्ज प्रिन्स कार्कीलाई ल्याइएको छ । 

को को परे ?
गोलरक्षक : किरण चेम्जोङ, बिशाल श्रेष्ठ, विकेश कुथु
डिफेन्डर : विराज महर्जन, देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ
मिडफिल्डर: सुनिल बल, हेमन गुरुङ, रोहित चन्द, सुमन लामा, अन्जन विष्ट, विक्रम लामा, विशाल राई, हेमन्त थापा मगर, सुजल श्रेष्ठ
फरवार्ड : विमल घर्ति मगर, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, भरत खवास

Logo