साफ यु–१५ फुटबल : फाइनलमा नेपाल र भारत

साफ यु–१५ फुटबल : फाइनलमा नेपाल र भारत

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ९ भदौ । 

नेपाल (काठमाडौं)मा भइरहेको साफ यु–१५  च्याम्पियन्ससिप फुटबल प्रतियोगिताअन्तर्गत को फाइनलमा प्रवेश गरेको छ । ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको सेमिफाइनलमा नेपालले प्रतिद्वन्द्वी बंगलादेशलाई ४(२ गोलले पराजित गरेको ।

पहिलो हाफ सकिँदा खेलमा २–० ले नेपाल अगाडि थियो । उक्त दुवै गोल आकाश बत्रुढामगरले गरेका थिए ।

बढी गतिशील र आक्रामक रहेको दोस्रो हाफमा तीन गोल भउ जसमध्ये एउटा बंगलादेशका नजबुल विश्वासले ६४औं मिनेटमा गरेको आत्मघाती गोल थियो ।
पछि बंगलादेशले ७१औं र ७३औं मिनेटमा छिटो छिटो दुई गोल गर्दै खेललाई ३–२ को स्थितिमा पुर्यायो ।

खेलको समाप्ति समय नजिकिँदै गर्दा तनाव बढ्दै थियो भने खेल शारीरिक पनि बन्दै थियो । नेपाली खेलाडी धमाधम मैदानमा लडिरहेका थिए । नियमित समय सकिएपछि ६ मिनेटको अतिरिक्त खेल भएको थियो । यस्तैमा सौगात खवासले ९६औं मिनेटमा गोल गर्दै बंगलादेशका सबै सम्भावनाहरू पनि समाप्त पारीदिए ।

नेपालले अब फाइनलमा भारतविरूद्ध प्रतिस्पर्धा गर्नेछ । आजै भएको अर्को सेमिफाइनलमा भारतले भुटानलाई २–० ले हराएको छ ।

Logo