बंगलादेशद्वारा भुटान ३–० ले पराजित

बंगलादेशद्वारा भुटान ३–० ले पराजित

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ६ भदौ ।

काठमाडौंमा संचालन भइरहेकोपन्ध्र वर्षमुनिको साफ च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा बंगलादेश भुटानलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा भुटानलाई ३–० गोलअन्तरले पाखा लगाउँदै बंगलादेश समूह ‘ए’ को विजेता बनेको छ ।

खेलको पहिलो हाफमा एक गोल गरेको बंगलादेशले दोस्रो हाफमा दुई गोल थप्यो । पहिलो हाफको २५औँ मिनेटमा बंगलादेशका खेलाडी मोहम्मद फोयसल अहमद फिहिमले एक गोल गर्दै खाता खोले ।

त्यसपछि, खेलको ५२औँ र ८२औँ मिनेटमा बंगलादेशका अर्का खेलाडी मोहम्मद मिराज मोलाले दुई गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरेका थिए ।

समूह विजेताका लागि भोलि नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ ।

Logo