साफ च्याम्पियनशिपमा नेपालको विजयी शुरुवात

साफ च्याम्पियनशिपमा नेपालको विजयी शुरुवात

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ५ भदौ । साफ अन्डर १५ च्याम्पियनसिपमा नेपालले सोमवार खेलेको पहिलो खेलमा माल्दिभ्सलाई शुन्यको बिरुद्ध ६ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा संचालन भैरहेको खेलमा नेपालले माल्दिभ्स बिरुद्ध एकतर्फी रुपमा आक्रमण गरेको थियो । खेल शुरु भएको १० औ मिनेटमा नेपालका ब्रिजेश चौधरीले गोलको खाता खोलेका थिए । पहिलो गोल भएको १० मिनेटपछि दर्शन गुरुङले दोस्रो, ३६ औं मिनेटमा कप्तान रोशन राना मगरले तेस्रो र फष्ट हाफको इन्जुरी समयमा आकाश बुढा मगरले चौथो गोल गरेका थिए ।

सेकेण्ड हाफको शुरु भएको पहिलो मिनेटमै रोशन दोङले नेपालका लागि पाँचौं र ७३ औं मिनेटमा ब्रिजेश चौधरीले ब्यक्तिगत रुपमा दोस्रो र खेलको छैठौं गोल गरेका थिए । खेलको अन्तिम दुई मिनेटमा नेपाल १० खेलाडिमा सीमित हुनु परेको थियो । नेपालका रोशन दोङ दोहोरो पाहेलो कार्ड खादै मैदानवाट बाहिरिएका थिए ।

पहिलो खेलमा भारतसंग पराजित भएको माल्दिभ्स अव पहिलो चरणबाटै बाहिरिएको छ भने भारतले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ । आगामी बुधवार नेपाल र भारतविच हुने खेलले समुह बीको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

 

Logo