ट्रकमा पैसा ल्याउने खेलाडी

ट्रकमा पैसा ल्याउने खेलाडी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ३ भदौं । प्रोफेसनल बक्सर फ्लोयड मेवेदरलाई पैसाको मामिलामा सन्कि खेलाडी मानिन्छ । आफ्नो प्रोफेसनल बक्सिङ करिअरमा एक पटक पनि हार नभोगेका यि खेलाडीले बक्सिङ खेलवाटै अरबौं डलर आम्दानी गरिसकेका छन् ।

आगामी अगष्ट २६ तारिखमा फ्लोयड र अल्टिमेट फाइटिङ च्याम्पियनशिपका विजेता कोनोर म्याकग्रोरीसंग लसभेगासमा भिडन्त हुदैंछ । यो भिडन्तका लागि दुबैले भब्य रुपमा तयारी गरिरहेका छन् । दुबैको इज्जतको भिडन्त भएको कारण दर्शकलाई आकर्षित गर्न बेलाबेलामा उनीहरुलाई आमने सामने पनि गर्ने गरिएको छ । यो भिडन्तमा फ्लोयडले जितेमा वा हारेमा पनि १ हजार ३२ करोड रुपैंया र म्याकग्रोरीले हारेमा वा जितेमा ८ सय २५ करोड रुपैंया नगद पाउने संझौता भैसकेको छ ।

खेल र विज्ञापनवाट आम्दानी गर्ने फ्लोयको सौख भनेकै आफ्नो वरिपरी करोडौं डलर छरेर बस्ने रहेको छ । ६ हजार ७ सय ७३ करोड रुपैंयाका मालिक फ्लोयलले खर्च गर्न बैंकवाट रकम झिक्दा धेरै पटक ट्रकमा ल्याएका छन् ।




उनी खाना खाने बेलामा होस् वा कारमा यात्रा गरिरहदाँ होस् वा नीजि विमानमा यात्रा गर्दा नै किन नहोस् उनी साथमा करोडौं रुपैंया बोकेर हिड्ने गर्छन् । अझ उनी स्ट्रिप क्लवमा छिरे भने उनी डान्सरलाई लाखौं डलर छरेर आउने समेत गर्छन् । पैसालाई अत्याधिक माया पनि गर्ने र वेवास्ता पनि गर्ने हुनाले उनलाई कतिपयले सन्कि बक्सर समेत भन्नेगर्छन् । (एजेन्सी)

Logo