स्पेनिस सुपर कपमा रियलले हरायो बार्सिलोनालाई

स्पेनिस सुपर कपमा रियलले हरायो बार्सिलोनालाई

केन्द्रबिन्दु
0
Shares

एजेन्सी : स्पेनिस सुपर कपको पहिलो लेगमा रियल म्याड्रिडले बार्सिलोनालाई ३-१ ले हराएको छ । नेयमालाई विश्वकिर्तिमानी रकममा पेरिस सेन्ट जर्माइनमा बेचेपछि आफ्नो घरेलु मैदान क्याम्प नोउमा पहिलोपटक उत्रिएको बार्सिलोनाले दर्शकहरुलाई खुसी तुल्याउन सकेन ।

स्पेनको लिग फुटबल र कोपा डेल रे उपाधिको विजेताबीच प्रत्येक वर्ष लिग सुरु हुनअघि सुपर कप आयोजना हुन्छ । लिग फुटबल र कोपा डेल रेको उपाधि एकै क्लबले जितेको वर्ष लिग फुटबलको उप-विजेताले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्छन् ।

यस सिजन बार्सिलोनाले कोपा डेल रे र रियल म्याड्रिडले स्पेनिस ला लिगा जितेका थिए । दुई विजेताबीचको पहिलो लेगको खेलमा ३-१ को जित हासिल गरेपनि रियल खुसी हुन भने सकेन । उसका प्रमुख स्ट्राइकर रोनाल्डो रेफ्रीसँग गरेको दुर्व्यवहारका कारण रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

 खेलमा जेरार्ड जेरार्ड पिकेले आत्मघाती गोल गरेपछि रियलले अग्रता लिएको थियो । ७७ औं मिनेटमा बार्सिलोनाले पेनाल्टी पायो, जसमा मेस्सीले सहजै गोल गरे ।

८० औं मिनेटमा रोनाल्डोले गोल गर्दै रियल मड्रिडलाई पुनः अग्रता दिलाए । तर, त्यसको दुई मिनेटपछि नै उनी रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । खेलको मार्को एसेन्सिओले गोल गरेपछि रियल मड्रिड ३-१ गोल अन्तरले विजयी भएको छ । अब दुई टोलीबीच रियल म्याड्रिडको सान्टियागो बेर्नाबाउ रंगशालामा हुने खेलले उपाधि विजेताको छिनोफानो गर्नेछ ।

Logo