श्रीलंकाविरुद्ध टेस्ट शृंखलामा भारत क्लिन स्विपनजिक

श्रीलंकाविरुद्ध टेस्ट शृंखलामा भारत क्लिन स्विपनजिक

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २९ साउन ।

श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय स्टेडियममा भइरहेको भारत र श्रीलंकाबीच जारी टेस्ट क्रिकेट शृंखलाको तेस्रो तथा अन्तिम टेस्ट म्याचमा भारत शृंखला क्लिन स्विप विजयको नजिक पुगेको छ । म्याचको दोस्रो दिनको खेल सकिँदा श्रीलंका फलोआन झेल्दै १९ रनमा १ विकेट क्षतिको स्थितिमा छ ।

फलोआन बचाउनकै लागि मात्र पनि श्रीलंकालाई अझै ३३३ रन बनाउनु आवश्यक छ । टस हारेर पहिले फिल्डिङ गर्न पठाइएको श्रीलंकाले आफ्नो पहिलो इनिङमा केवल १३५ रन मात्र बनाउन सकेको थियो ।

त्यसअघि टस जितेर शनिबार पहिले ब्याटिङ गर्न थालेको भारतले आफ्नो पहिलो इनिङमा शिखर धवन (११९) र हार्दिक पान्ड्या (१०८) गरी दुई शतकको सहयोगमा ४८७ रनको स्कोर खडा गरेको थियो । आठ चौका र सात छक्कासहितको हार्दिकको शतक उनको पहिलो टेस्ट शतक पनि हो ।

पहिलो दिनको खेल सकिँदा भारतले ६ विकेट क्षतिमा ३२९ रन बनाउको थियो ।

भारतका लागि लोकेश राहुलले ८५ रन, विराट कोहलीले ४२, अजिन्क्या राहाने १७, आर आश्विन ३१, रिद्धीमान शाह १६ र कुलदीप यादवले २६ रन बनाए । श्रीलंकाका लागि स्पिनर लक्सन सन्दाकानले ५, मान्डिा पुष्पकुमाराले ३ र विश्व फर्नान्डोले २ विकेट लिए ।

श्रीलंकाको पहिलो इनिङमा कप्तान दिनेश चान्डीमलले ४८ र विकेटकिपर निरोशन डिकवेलाले २९ रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले रन बटुल्न सकेनन् । भारतका लागि कुलदीप यादवले ४, मोहम्मद शामी र आश्विनले २–२ र हार्दिकले १ विकेट लिए ।

Logo