श्रीलंकाविरुद्ध भारतको पहिलो इनिङ ६२२ रनमा डिक्लेयर

श्रीलंकाविरुद्ध भारतको पहिलो इनिङ ६२२ रनमा डिक्लेयर

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २० साउन ।

श्रीलंकामा जारी तीन टेस्टको शृंखलाअन्तर्गत दोस्रो टेस्टको दोस्रो दिन भारतले अत्यन्त बलियो प्रदर्शन गर्दै आफ्नो पहिलो इनिङमा ६२२ रनको विशाल स्कोर खडा गरेको छ । एक विकेट खस्न बाँकी छँदै भारतले इनिङ समाप्तिको घोषणा गरेको हो ।

कोलम्बोको सिंहलीज स्पोर्टस क्लब मैदानमा जवाफी ब्याटिङ क्रममा खराब प्रदर्शन गर्दै श्रीलंका दोस्रो दिनको खेल समाप्तिमा २ विकेटको क्षतिमा ५० रनको स्थितिमा छ । श्रीलंकाली कप्तान दिनेश चन्डीमाल ८ र कुसल मेन्डिस १६ रनमा नटआउट क्रीजमा छन् ।

यसअघि भारतका लागि हिजोका शतक प्रहार चेतेश्वर पुजारा १३३ रन र अजिन्क्ये राहाने १३२ रनमा आउट भएपछि पनि रिद्धिमान साहले ६७, रविचन्द्रन आश्विनले ५४ र विीन्द्र जडेजाले ७० नटआउट रन बनाए । ओपनर लोकेश राहुलले ५७ रन बनाएका थिए ।

भारतले चिया समयपछि इनिङ समाप्तिको घोषणा गर्दै घरेलु टोलीलाई दिनको आखिरी समयतिर ब्याटिङ गर्ने निम्तो दिएको थियो ।

श्रीलंकन ओपनर उपुल थारंगा आफ्नो खातै नखोली आश्विनको बलमा आउट भए भने अर्को ब्याट्सम्यान दिमुथ करुणारत्ने २५ को निजीस्कोरमा आश्विनको बलमै राहानेद्वारा क्याच भए ।

आफ्नो अद्र्धशतकसहित आश्विन टेस्ट क्रिकेटमा २००० रन बनाउनुका साथै र २५० विकेट लिने कीर्तिमानमा पनि साझेदारी गर्न सफल भए । उनीभन्दा छिटो यो कीर्तिमान हासिल गर्नेमा इमरान खान, इयान बोथम, रिचर्ड हेडली, बेन स्टोइक्ससमेत छन् । (एजेन्सीको सहयोगमा)

Logo