काठमाडौं । चर्चित क्रिकेटर सन्दीप लामिछानेले प्रत्येक अन्तर्राष्ट्रिय खेलमा विकेट लिँदा ५ डलर क्रिकेट रंगशाला निर्माणको लागि सहयोग आउने भएको छ ।
अमेरिका बस्दैं आएका चीत्र गौतम र टीका ढकालले सन्दीपको प्रत्येक अन्तर्राष्ट्रिय विकेटमा ५ डलर आर्थिक सहयोग चितवनमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि दिने भएका हुन् ।

उनीहरुले आफ्नो चौथो वैवाहिक वर्षगाँठको उपलक्ष्यमा उक्त घोषणा गरेका हुन् । साथै उनीहरुले दुईबर्ष अघि दिवंगत भएका क्रिकेट खेलाडी तथा आफ्ना सालोरभाई रमेश ढकालको सम्झनामा २२ हजार १ सय २३ रुपैयाँ धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग गरेका छन् ।
सोही सहयोग प्रदान गर्ने क्रममा उनीहरुले सन्दीपले अबदेखि लिने प्रत्येक अन्तर्राष्ट्रिय खेलमा १ विकेट बराबर ५ डलर क्रिकेट रंगशाला निर्माणको लागि सहयोग दिने भएका हुन् । साथै उनीहरुले आर्थिक सहयोग जुटाउने अभियान पनि सञ्चालन गर्नेछन् ।
(सन्दीपले विकेट लिँदा चीत्र गौतम र टीका ढकालले सहयोग गर्ने हुनुपर्नेमा अन्यथा भएकाले समाचार सच्याईएको । सम्पादक मण्डल)
प्रकाशित: ३० फागुन २०७५ १४:२४ बिहीबार