विराटनगर । आयोजक नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको शहीद रंगशालामा बिहीबार भएको खेलमा भुटानलाई बंगलादेशले २–० ले पराजित गरेपछि नेपाल एक खेलअघि नै सेमिफाइनलमा प्रवेश गरेको हो ।
नेपाल रहेको समूह ए मा बंगलादेश र भुटान रहेका छन् । भुटान दुबै खेलमा पराजित भएर बाहिरिएको छ भने नेपाल र बंगलादेश सेमिफाइनलमा पुगेका छन् । यसअघि नेपालले भुटानलाई ३-० ले पराजित गरेको थियो ।
समूह ‘ए’ को अन्तिम खेलमा नेपाल र बंगालदेशले १६ मार्चमा प्रतिस्पर्धा गर्दैछ । यो खेलले समूहको विजेता र उपविजेताको टुंगो लाग्ने छ ।
भुटान प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बनेको छ । पहिलो खेलमा आयोजक नेपालसँग ३–० र बंगलादेशसँग २–० पराजित भयो । भुटान प्रतियोगिताकै कमजोर टिम हो । भुटानले साफ च्याम्पियनसिपमा अहिलेसम्म कुनै खेलमा जित हात पार्न सकेको छैन ।
Photo: THE ANFA
प्रकाशित: ३० फागुन २०७५ १७:५६ बिहीबार