वारिवर्सलाई टी–१० को उपाधि

वारिवर्सलाई टी–१० को उपाधि

केन्द्रबिन्दु
0
Shares

युएईमा आयोजना भएको टी–१० लिगको उपाधि नर्दन वारिवर्सले जितेको छ । शनिबार राति भएको फाइनलमा दिल्ली बुल्सलाई ८ विकेटले हराएर वारिवर्सले उपाधि जितेको हो । आबुधाबीमा बुल्सले दिएको ८२ रनको लक्ष्य वारिवर्सले ८ ओभर २ बलमा २ विकेट गुमाएर पुरा गर्यो ।

वारिवर्सको जितमा वासिम मुहमदले २७ रन जोडे । कप्तान निकोलस पुरनले १२ रन बनाए । रोभम्यान पावेल १६ रनमा अविजित रहदा सिमोन्स १४ रनमा अविजित रहे । बुल्सका फिडेल एड्वार्ड्स र सिराज अहमेदले १–१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको बुल्सले १० ओभरमा ९ विकेट गुमाएर ८१ रन बनाएको थियो । बुल्सका मोहमद नाभीले २१ रन बनाए । रहमान उल्लाह गुर्बाजले १३ तथा इभिन लेविसले १० रन बनाए । वारिवर्सका महेशले ३ विकेट लिए । प्रतियोगितामा वारिवर्सका निकोलस पुरन प्लेयर अफ दि टुर्नामेन्ट चुनिए ।

यस्तै सोहिल अख्तर उत्कृष्ट ब्याट्सम्यान र क्रिस जोर्डन उत्कृष्ट बलर चुनिए । युएई प्लेयर अफ दि टुर्नामेन्ट मुहमद वासिम घोषित भए ।

Skip This
Skip This
Logo