महिला लिग : आर्मीद्वारा वालिङ पराजित

महिला लिग : आर्मीद्वारा वालिङ पराजित

केन्द्रबिन्दु
0
Shares

उपाधि होडमा रहेको विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले  स्याङ्जाको वालिङ नगरपालिकालाई २–० ले पराजित गरेको छ ।

आर्मीको जीतमा शर्मिला थापा र बिमला चौधरीले एक एक गोल गरेका थिए । जीतसँगै आर्मीले शीर्षस्थानमा रहेको एपिएफसँगको अंक दुरी छोट्याएको छ ।  

जारी प्रतियोगितामा आर्मीको ८ खेलबाट १९ अंक पुगेको छ । एपिएफ २१ अंकका साथ शीर्षस्थानमा रहेको छ । पराजित वालिङ ११ अंक जोडेर तेस्रोस्थानमा रहेको छ ।

आजको खेलमा पहिलो मिनेटमै शर्मिला थापाले गोल गर्दै आर्मीलाई १–० ले अग्रता दिलाइन् । उनले इन्दिरा राईको पासलाई सहजै गोलमा परिणत गरेकी थिइन् ।  ४२ औं मिनेटमा बिमला चौधरीले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारिन् ।  

आजको दोस्रो खेल विराटनगर र पुलिसबीच भइरहेको छ ।

Logo