युभेन्टसले उपाधिका लागि एटलान्टाको सामना गर्ने

युभेन्टसले उपाधिका लागि एटलान्टाको सामना गर्ने

केन्द्रबिन्दु
0
Shares

नेपोलीलाई पराजित गर्दै एटलान्टा कोपा इटालियाको फाइनलमा स्थान बनाएकाे छ । 

गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा नेपोलीलाई ३–१ ले हराउदै एटलान्टा उपाधिनजिक पुगेको हो । यि दुई टोलीले पहिलो लेगमा गोलरहित बराबरी खेलेका थिए । दोस्रो लेगमा एटलान्टा विजयी हुन सफल भयो ।

घरेलु मैदानमा एटलान्टाको जितमा माटियो पेसिनाले दुई तथा डुभान जापटाले एक गोल गरे । हिर्भिङ लोजानाको गोल सान्त्वना बन्यो ।

अब एटलान्टाले उपाधिका लागि युभेन्टसको सामना गर्नेछ । फाइनल खेल १९ मे मा हुनेछ । 

Skip This
Skip This
Logo