महिला लिगः विराटनगरद्धारा वालिङ पराजित

महिला लिगः विराटनगरद्धारा वालिङ पराजित

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय महिला लिग फुटबलमा विराटनगर महानगरपालिकाले वालिङ नगरपालिकालाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा विराटनगरले वालिङलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

विराटनगरको जितमा भारतीय खेलाडी आशा कुमारीले निर्णायक गोल गरिन् । आशा कुमारीले खेलको ३५ औं मिनेटमा गोल गरिन् । उनले फ्रिकिकबाट गोल गरेकी हुन् । खेलमा विराटनगरकी गोलकिपर कल्पना कार्की प्लेयर अफ दि म्याच बनिन् ।

जितसँगै विराटनगरले १६ अंक जोडेको छ । विराटनगर लिगको तेस्रो स्थानमा उक्लिएको छ । वालिङले १४ अंक जोडेर चौंथो स्थानमा रहेको छ । 

Logo