चैतको पहिलो साता देशब्यापी अन्तर वडा टेबलटेनिस हुँदै

चैतको पहिलो साता देशब्यापी अन्तर वडा टेबलटेनिस हुँदै

केन्द्रबिन्दु
0
Shares

देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिता चैत पहिलो साता हुने भएको छ ।  

स्पिन इभेन्ट्स प्रालिले मंगलबार पत्रकार सम्मेलन गरी देशव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगिता चैत २ देखी ७ गतेसम्म सञ्चालन गर्ने जानकारी दिएको हो । अखिल नेपाल टेबल टेनिस संघको प्राविधिक सहयोग साथै वार्षिक कार्यक्रमअन्तर्गत रहेको प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगितामा देशभरका वडाहरुबाट कम्तिमा १ हजार खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।  

प्रतियोगितामा मेन्स युगल, वुमेन्स युगल, वुमेन्स युगल, मेन्स एकल, वुमेन्स एकल, मेन्स भेट्रान एकल  (४० वर्षमाथि) र मेन्स भेट्रान्स एकल (५५ वर्षमाथि)को स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।  

प्रतियोगितामा वर्तमान शीर्ष १६ वरीयता प्राप्त टेबल टेनिस खेलाडी बाहेकका अन्य खेलाडीहरूले भाग लिन सक्नेछन । प्रतियोगिताको मेन्स र वुमेन्स एकलतर्फ प्रथम, द्वितीय र तृतीय (दुवै सेमी–फाइनलिष्ट) हरूले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय रुपैयाँ नगद पुरस्कार पाउनेछन् । भेट्रान्स एकलतर्फ प्रथम, द्वितीय र तृतीय (दुवै सेमी–फाइनलिष्ट) हरूलाई क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय प्रदान गरिने आयोजकको भनाइ छ ।  

त्यस्तै प्रतियोगितामा सर्वाधिक पदक जितेर टिम च्याम्पियन बन्ने वडालाई ५० हजार प्रदान गरिनेछ । भ्याली कन्स्ट्रक्सन प्रालिको मुख्य प्रायोजन रहने प्रतियोगिताको अनुमानित लागत १९ लाख ५० हजार रहेको छ ।

मंगलबार नै स्पिन इभेन्ट्सका अध्यक्ष सुमन शाक्य र भ्याली कन्स्ट्रक्सनका एमडी रविन्द्र महर्जनले प्रायोजक सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार भ्याली कन्स्ट्रक्सनले आयोजकले ९ लाख ७५ हजार उपलब्ध गराउनेछ ।

Logo