प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी

प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले जितसँगै अंक तालिकामा १० अंककाे अग्रता लिएकाे छ ।

बुधबार राति भएको खेलमा सिटीले एभर्टनलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । एभर्टनको मैदानमा सिटीलाई जिताउन खेलको ३२ औं मिनेटमा फोडेनको गोलबाट सिटीले अग्रता बनाएको थियो ।

खेलको ३७ औं मिनेटमा रिचार्लिसनले गोल फर्काएपछि खेल १-१ को अवस्थामा पुग्यो । खेलको ६३ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए ।त्यसपछि खेलको ७७ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ३-१ को जित दिलाए ।

जितसँगै सिटीले उपाधि होड बलियो बनाएको छ । सिटीले २४ खेलमा ५६ अंक जोडेको छ । दोस्रो स्थानको युनाईटेडको ४६ अंक रहेको छ । एभर्टन ३७ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

 

Skip This
Skip This
Logo