स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले भालाडोलिडलाई १–० ले पराजित गरेको छ ।
खेलकाे ६५औं मिनेटमा क्यासमिरोले गरेको गोल नै रियलको जितमा निर्णायक बन्यो ।
यो जितसँगै रियलले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँगको अंक दुरी ३ मा झारेको छ । दोस्रो स्थानमा रहेको रियलको २४ खेलबाट ५२ अंक छ । एक खेल कम खेलेको एट्लेटिकोको ५५ अंक छ ।





























प्रतिक्रिया