मन्डेकाजी र काजललाई ‘हल अफ फेम’ सम्मान

मन्डेकाजी र काजललाई ‘हल अफ फेम’ सम्मान

केन्द्रबिन्दु
0
Shares

नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता कराते खेलाडी मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी काजल श्रेष्ठ ‘हल अफ फेम’ सम्मानबाट सम्मानित भएका छन् ।

ख्वपा फुटसल प्रालिले आइतबार सागका दोहोरो स्वर्णधारी मन्डेकाजी र एक स्वर्णधारी काजललाई ‘हल अफ फेम’ बाट सम्मान गरेको हो । वर्षका उत्कृष्ट पुरुष खेलाडीको रुपमा मन्डेकाजी र उत्कृष्ट महिला खेलाडीको रुपमा काजललाई सम्मान गरिएको हो ।

यस्तै फुटबल प्रशिक्षक तथा पूर्व राष्ट्रिय खेलाडी मिलन हाडालाई लिजेण्डरी खेलाडीबाट सम्मान गरिएको छ । कला र सम्पदा संरक्षणमा काम गर्दै आइरहेका रविन्द्र पुरी र कोभिड–१९ को महामारीको समय समाजसेवामा सक्रिय आरएनए–१६ टिमलाई पनि ‘हल अफ फेम’ बाट सम्मान गरिएको छ ।

त्यस्तै खेलपाटी डटकमका खेल पत्रकार रमेश सुवेदी वर्षको उत्कृष्ट खेल पत्रकारबाट सम्मानित भए । कार्यक्रममा केल्मी नेपालका उत्तम न्यौपानेलाई पनि कदरपत्रबाट सम्मानित गरिएको थियो ।

उनीहरुलाई कार्यक्रमको प्रमुख अतिथि तथा समाजसेवी राजन प्रजापति, ख्वपा फुटसल प्रालिका अध्यक्ष राम प्रजापति, सल्लाहकार रंजित तामाङ, रमेश मल्ल लगायतले सम्मानपत्र प्रदान गरेका थिए ।

चौंथो ‘हल अफ फेम’ खुल्ला फुटसल प्रतियोगिताको दौरान ख्वपा फुटसल प्रालिले उनीहरुलाई सम्मान गरेको हो । प्रतियोगिताको उपाधि भने सूर्य फुटसलले जितेको थियो ।

Logo