आहा रारा गोल्डकप चैत १७ गते देखि पोखरामा हुने

आहा रारा गोल्डकप चैत १७ गते देखि पोखरामा हुने

केन्द्रबिन्दु
0
Shares

चैत १७ गते देखि २८ गतेसम्म पोखरा रंगशालामा हुने १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारणका लागि साहरा क्लबले कथा नेपाल प्रालिसँग एक वर्षे सम्झौता गरेको छ । 

आयोजक सहारा क्लबले काठमाडौंमा एक कार्यक्रम गरी देखापढी डटकमको प्रकाशक कथा नेपाल प्रालिसँग एक वर्षे सम्झौता गरेको हो । सहारा क्लबका अध्यक्ष केशवबहादुर थापा र कथा नेपाल प्रालिका प्रबन्ध निर्देशक मनोज राज पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेर आदान प्रदान गरे ।

सम्झौतासँगै प्रतियोगिताको अडियो भिडियो अधिकार कथा नेपालसँग रहनेछ । त्यसबापत आयोजक साहरा क्लबलाई कथा नेपाल प्रालिले ५ लाख रुपैयाँ भुक्तानी गर्नेछ । 

चैत १७ गते देखि २८ गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा विदेशी क्लब, ए डिभिजनका क्लब, मोफसलका टिम र आयोजक सहरा क्लब पोखरा गरी १२ टिमको सहभागिता रहनेछ ।

क्याराभान गोल्ड कपसहित २० वर्षदेखि सहारा क्लबले पोखरामा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

Skip This
Skip This
Logo