हारका कारण म्यानचेस्टर युनाइटेड शीर्षस्थानमा पुगेन

हारका कारण म्यानचेस्टर युनाइटेड शीर्षस्थानमा पुगेन

केन्द्रबिन्दु
0
Shares

म्यानचेस्टर युनाइटेड प्रिमियर लिगमा सेफिल्ड युनाइटेडसँग पराजित भएकाे छ । गएराति घरेलु मैदान ओल्ड ट्राफोडमा भएकाे खेलमा युनाइटेड २-१ गाेल अन्तरले पराजित भएकाे हाे ।

सेफिल्डले २३औँ मिनेटमा बायर्नको गोलबाट अग्रता लिएको थियो । ६४औँ मिनेटमा युनाइटेडका म्यागुएरले खेललाई बराबरीमा फर्काए । खेलकाे ७४औँ मिनेटमा बर्कले गरेको गोलसँगै सेफिल्डको जित सुनिश्चित भएको हो ।

पराजित भएसँगै म्यानचेस्टर युनाइटेडले पुनः शीर्षस्थानमा उक्लिने अवसर गुमाएकाे छ । १९ खेल सकिँदा सिटी ४१ अंकका साथ शीर्षस्थानमा छ । २० खेल खेलेकाे युनाइटेडको ४० अंक छ ।

Logo