‘बी’ डिभिजन लिग : खुमलटारको साँघुरो जीत

‘बी’ डिभिजन लिग : खुमलटारको साँघुरो जीत

केन्द्रबिन्दु
0
Shares

सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा खुमलटार युथ क्लबले साँघुरो जीत निकालेको छ । आइतबार भएको खेलमा खुमलटारले झम्सिखेल युथ क्लबलाई १–० गोल अन्तरले हराएको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा खुमलटारलाई जीत दिलाउन महेश राईले निर्णायक गोल गरे । महेशले खेलको तेस्रो मिनेटमा निर्णायक गोल गरेका हुन् । जीतसँगै खुमलटारले ८ खेलमा १९ अंक जोडेको छ ।

खुमलटारले शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरी गरेको छ । शीर्ष स्थानको सातदोबाटोको ७ खेलमा १९ अंक रहेको छ । झम्सिखेल ८ खेलमा ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

Logo