रियल बराबरीमा रोकियो

रियल बराबरीमा रोकियो


स्पेनिस ला लिगा अन्तर्गत सोमबार राति भएको खेलमा रियल म्याड्रिडले रियल सोसिडाडसँग १–१ गोलको बराबरी खेलेको छ ।  सोसिडाडका क्रिस्टियन पोर्टुले गोल गर्दा रियलका भिनिसियसले बराबरी गोल फर्काएका थिए । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

घरेलु मैदानमा रियलले खेलमा पकड बनाए पनि गोल गर्न नसक्दा अंक बाडेकाे हाे । खेलकाे ५५औं मिनेटमा क्रिस्टियन पोर्टुले गोल गर्दै सोसिडाडलाई १–० को अग्रता दिलाए ।

८९औं मिनेटमा सब्सिच्यट भिनिसियसले गोल गर्दै रियललाई खेलमा १–१ गोलको बराबरीमा ल्याए । 

यो बराबरीपछि रियलले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनासँग समान ५३ अंक रहे पनि रियल गोल अन्तरमा पछि छ ।

Logo