जिम्बावेको सानदार जीत

जिम्बावेको सानदार जीत

केन्द्रबिन्दु
0
Shares

आबुधाबीमा बुधबार भएको पहिलो टेस्टमा जिम्बावेले सानदार जीत निकालेको छ। जिम्बावेले अफगानिस्तानविरुद्धको पहिलो टेस्टमा १० विकेटको जीत निकालेको हो।

अफगानिस्तानले दिएको १७ रनको लक्ष्य जिम्बावेले बिना विकेटको क्षतिमा पूरा गरेको थियो। जिम्बावेका लागि केभिन कसुजाले अविजित ११ रन जोड्दा प्रिन्स मास्भाउराले अविजित ५ रन बनाए।

यस अघि अफगानिस्तान दोस्रो इनिङ्समा १ सय ३५ रन जोड्दा अलआउट भएपछि जिम्बावेले सहज लक्ष्य पाएको थियो। अफगानिस्तानका लागि इब्राहिम जाड्रनले ७६ रन बनाए।

अमिर हाम्जाले अविजित २१ रन जोड्दा कप्तान अस्घर अफगानले १४ रन बनाए। जिम्बावेका भिक्टर र डोनाल्ड तिरिपानोले ३/३ विकेट लिए।

पहिलो इनिङ्समा अफगानिस्तानले १ सय ३१ रन बनाएको थियो । यस्तै जिम्बावेले पहिलो इनिङ्समा २ सय ५० रन बनाएको थियो । यस जीतसँगै जिम्बावेले २ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ।

Skip This
Skip This
Logo