बिल्वाओ कोपा डेल रेको फाइनलमा, उपाधिका लागि बार्सिलोनाकाे सामना गर्ने

बिल्वाओ कोपा डेल रेको फाइनलमा, उपाधिका लागि बार्सिलोनाकाे सामना गर्ने

केन्द्रबिन्दु
0
Shares

एथलेटिको बिल्वाओले कोपा डेल रेको फाइनलमा स्थान बनाएकाे छ । लेभान्टेमाथि दोस्रो लेगमा २–१ को जित निकाल्दै बिल्वाओले फाइनलमा स्थान बनाएको हो ।

पहिलो लेगमा १–१ गोलको बराबरी भएको थियो । भ्यालेन्सियामा बिहीबार राति भएको खेलमा लेभान्टेले १७ औं मिनेटमा रोजरको गोलबाट अग्रता लिएको थियो । 

३०औं मिनेटमा राहुल गार्सियाले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । खेलकाे ११२औं मिनेटमा एलेक्स बेरेनगुएरले गोल गर्दै बिल्वाओलाई २–१ को जित दिलाए ।

अब बिल्वाओले उपाधिका लागि बार्सिलोनाको सामना गर्नेछ । 

Logo