स्पेनिस ला लिगामा बार्सिलोना विजयी

स्पेनिस ला लिगामा बार्सिलोना विजयी

केन्द्रबिन्दु
0
Shares

स्पेनिस ला लिगामा बार्सिलोनाले ओसासुनामाथि उसकै घरेलु मैदानमा २–० को सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा पाहुना टोली बार्सिलोनाले खेलको ३०औं मिनेटमा जोडी अल्वाको गोलबाट अग्रता लिएको थियो । 

८३औं मिनेटमा सव्सिच्युट मोरिवाले मेस्सीकै पासमा गोल गर्दै बार्सिलोनालाई २–० को सहज जित दिलाए । 

यो जितसँगै बार्सिलोनाले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँगको अंक दुरी छोट्याउदा तेस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई ३ अंकले पछि पारेको छ ।

दोस्रो स्थानमा रहेको बार्सिलोनाको २६ खेलबाट ५६ अंक छ ।

Logo