आहा रारा गोल्डकपमा ८ टिमको सहभागिता

आहा रारा गोल्डकपमा ८ टिमको सहभागिता

केन्द्रबिन्दु
0
Shares

सहारा क्लब पोखराको आयोजनामा हुने मोफसलकै चर्चित राष्ट्रिय फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ । 

पोखरा रङ्गशालामा आगामी चैत २१ देखि २८ गतेसम्म सञ्चालन हुने १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको शनिबार सम्पन्न पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँयाँ हात पार्नेछ भने उपविजेता टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ  । प्रतियोगितामा आयोजकले १ करोड २९ लाख १ हजार रुपैंयाँ आम्दानी हुने अनुमान गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जनाएका छन् ।

प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ वटा टिमको सहभागीता रहनेछ । नेपाल आयल निगम मनाङ मस्याङ्दी क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्रिस्टार क्लब, नेपाल एपिएफ क्लव, संकटा क्लव, मछिन्द्र क्लव, अफिर्कन रूट एसोसिएसन क्यामरुन र सहारा क्लव पोखराको सहभागिता हुने भएका हुन् ।

Logo